×

हाम्रो टिमको एक जना खेलाडीलाई फिक्सिङको अफर आएको थियो- ज्ञानेन्द्र मल्ल

images

काठमाडौं ।  नेपाल टी-२० लिगको टिम काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई ‘फिक्सिङ’का लागि प्रस्ताव आएको बताएका छन्। मंगलबार बिराटनगर सुपर किङ्ससँगको खेलपछि पत्रकारहरुसँग कुरा गर्दै उनले एक जना खेलाडीलाई फिक्ङिको प्रस्ताव आएको खुलाएका हुन् । ‘अरुको टिमको कुरा थाहा भएन हाम्रो टिमको एउटा प्लेयरलाई अप्रोच गरेको थियो । एज पर रुल हामीले त्यो एसीयू (एन्टी करप्सन युनिट) मा एड्रेस गरेका छौं ।’

उनले अघि भने, ‘अप्रोच (प्रस्ताव) र फिक्सिङ फरक कुरा हो । अप्रोच गर्‍यो भन्दैमा (फिक्सिङ) गर्छ भन्ने नै हुँदैन । तैपनि हामीले रिपोर्ट गरेका छौं, यसलाई एसीयूले टेक केयर गरिसकेको छ ।’ ‘हाम्रो टिमका एक साथीलाई पनि एप्रोच गरिएको थियो। उनले तत्काल हामीलाई जानकारी गराएपछि हामीले एन्टी करप्सन युनिटलाई खबर गर्‍यौं,’  कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी लिगमा फिक्सिङ भएको विषयमा गरिएको प्रश्नमा ज्ञानेन्द्रले भने। 

उनले कुन खेलाडीलाई कस्तो खालको प्रस्ताव आएको भने खुलाएनन्। सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै  तिमिल्सिनाले शंकास्पद गतिविधिका बारेमा नेपाल क्रिकेट संघ क्यान, अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको एन्टी करप्सन युनिटलाई जानकारी दिएको तर उनीहरुले कुनै चासो नदिएको आरोप लगाएका थिए । मल्ल नेतृत्वको काठमाडौँले आजको खेलमा विराटनगरलाई हराएको थियो । उक्त खेल सुरु हुनु पूर्व खेलाडीले पारिश्रमिक नपाएको भन्दै विरोध जनाएपछि खेल ढिला गरी सुरु भएको थियो । 

मङ्गलबार १९ पुस २०७९ ०२:१७ PM मा प्रकाशित

प्रतिक्रिया