×

नेकपा एकीकृत समाजवादी अझै सरकारमा जाने कि नजाने भनेर अन्योलमा

images

काठमाडौं।  पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनेबारे नेकपा एकीकृत समाजवादीको बैठक बिना निष्कर्ष सकिएको छ ।

मंगलबार पोलिटब्युरो बैठकपछि प्रचण्ड नेतृत्वको सरकारमा सहभागीबारेको निर्णय लिन केन्द्रीय सचिवालयलाई दिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।


पोलिटब्युरो बैठकपछि प्रचार विभाग प्रमुख  खतिवडाले भने, ‘ सरकारमा जानेबारे जिम्‍मेवारी केन्द्रीय सचिवालालाई दिएका छौं। केन्द्रीय सचिवालयले यसको बारेमा  आवश्‍यक अध्ययन, अनुसन्धान, विचार विमर्श गरेर अन्तिम निर्णय लिनेछ ।’

मङ्गलबार १९ पुस २०७९ ०३:५९ PM मा प्रकाशित

प्रतिक्रिया