×

मुचुल्का भन्दा बढी मत भेटिएपछि बाजुरामा मतगणना रोकियो

images

धनगढी । बाजुरामा मतगणना रोकिएको छ । हिमाली गाउँपालिकाका चार वटा मतदान केन्द्रका मतगणना गर्ने क्रममा मतदान अधिकृतले उठाएको मुचुल्कामा भन्दा ३० मतपत्र बढी भेटिएपछि गणना रोकिएको हो । मुचुल्काको मत भन्दा बढी मत भेटिएपछि प्रतिनिधि सभा तर्फको मत गणना रोकिएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए ।

यहाँ एमालेका पूर्व मन्त्री कर्ण थापा र कांग्रेसका सह महामन्त्री बद्री पाण्डे चुनावी मैदानमा छन् । अहिले सम्म पाण्डेले १ हजार २६९ मतको अग्रता बनाइरहेका छन् । पाण्डेको ५ हजार ३९९ मत पाउँदा थापाले ४ हजार १३० मत ल्याएका छन् । मङ्सिर ४ गते धाँधली भएको आरोप पछि रोकिएको मत गणना निर्वाचन आयोगको निर्णय पछि हिजो साँझबाट सुरु भएको हो ।
 

शुक्रबार​ १६ मंसिर २०७९ १०:५३ AM मा प्रकाशित

प्रतिक्रिया