×

खसेको मतमा १४७ मत नभेटेपछि दोलखामा मतगणना स्थगित

images

दोलखा- दोलखामा मतगणना स्थगित भएको छ ।  प्रतिनिधिसभा प्रत्यक्षको मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना स्थगित भएको हो। 

दोलखामा पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट (माओवादी केन्द्र) उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले २९२८ मत प्राप्त गरेका छन् । दोलखामा मंसिर ४ र १५ गते भएको निर्वाचनमा ८५ हजार ८ सय ३३ मत खसेको थियो । 

प्रतिनिधिसभा प्रत्यक्षतर्फ  १६५ क्षेत्रमध्ये १६२ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। जसमा नेपाली कांग्रेसले सबैभन्दा बढी ५५ स्थानमा जित हासिल गरेको छ भने नेकपा एमालेले ४४ स्थानमा जित हासिल गरेको छ। यस्तै, माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले समान ७-७  स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ। नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १-१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्। बाँकी रहेका ३ क्षेत्रमा गणना जारी छ। जसमा नेपाली कांग्रेसले २ ठाउँमा अग्रता लिएको छ भने माओवादी केन्द्रले १ ठाउँमा अग्रता लिएको छ।

शुक्रबार​ १६ मंसिर २०७९ ०२:१० PM मा प्रकाशित

प्रतिक्रिया