×

लगातार तेस्रो दिन नेप्सेमा वृद्धि, कारोबार डेढ अर्ब नजिक

images

काठमाडौं । एक साताको तिहार र छठ बिदापछि सोमबारदेखि खुलेको सेयर बजार लगातार तेस्रो दिन पनि बढेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ७.३२ अंक (०.३८ प्रतिशत) ले वृद्धि भएर १९३८.३० अंकमा बन्द भएको छ । पछिल्लो तीन दिनमा नेप्से ७९.८१ अंकले बढेको हो ।

सोमबार १६ अंकले बढेको नेप्से मंगलबार ५६ अंकको उच्च वृद्धि भएको थियो । लगातार दुई दिन बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा बुधबार उताचढाव देखिए पनि अन्तिममा नेप्से सँगै कारोबार रकम पनि बढेर बन्द भएको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२७ स्टकको २९ हजार ४७ पटकको कारोबारमा १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँ बराबरको ४३ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहको परिसूचकमध्ये ३ उपसमूहको परिसूचक घटेको छ भने बाँकी १० उपसमूहको परिसूचक बढेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.४४ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट् शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ८५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन नबिल बैंकको साढे ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने रिडी हाइड्रोपावरको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

बुधबार कर्पोरेट डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, जोशी हाइड्रोपावर, मानुषी लघुवित्त, ग्रीनलाइफ हाइड्रोपावर र दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। यता सबैको लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य साढे ३ प्रतिशतभन्दा बढी घटेको छ।

बुधबार १६ कात्तिक २०७९ ०४:४७ PM मा प्रकाशित

प्रतिक्रिया