×

एभरेष्ट महिला भलिबल लिगको उद्घाटन खेलमा कर्णाली र पोखरा भिड्ने

images

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको खेल तालिका सार्बजनिक गरिएको छ ।

भदौ २० गतेदेखि २८ गतेसम्म संचालन हुने भलिबल लिगमा मधेश युनाईटेड, ललितपुर क्विन्स, काठमाडौं स्पाईकर्स, पोखरा निन्जाज, कर्णाली यशविस र लुम्बिनी लाभा गरि ६ फ्रेन्चाइजीले प्रतिष्पर्धा गर्दैछन् ।

प्रतियोगिताको उद्घाटन खेल भदौ २० गते शुक्रबार कर्णाली यशविस र पोखरा निन्जाजबीच हुने भएको छ । त्यस्तै प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुने आयोजकले जानकारी दिएको छ ।

गतबर्ष भएको एभरेष्ट महिला भलिबल लिगको पहिलो संस्करण कर्णाली यशविसले जितेको थियो । कर्णालीले फाइनलमा ललितपुर क्विन्सलाई पराजित गरेर पहिलो उपाधि जितेको थियो । 

 

मङ्गलबार १७ भदौ २०८२ ०८:२८ PM मा प्रकाशित

प्रतिक्रिया