×

भदौ १७ गते बुधवार , हेर्नुहोस आजको राशिफल

images

मेष

स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। व्यापार व्यवसाय तथा शिक्षाको क्षेत्रमा गरिएको लगानीबाट राम्रो फाइदा हुने योग छ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

वृष

दिन सामान्य रहनेछ। स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोला। लगानी र व्यापार व्यवसायमा स्वदेशमै राम्रो सम्भावना तथा फाइदा देखिन्छ।

मिथुन

बोलीको प्रभावले रोकिएका काम बन्नेछन्। राजनीतिक क्षेत्रमा पदोन्नति, व्यापारमा लाभ र वैदेशिक क्षेत्रको आकर्षण बढ्नेछ। धार्मिक यात्राको योगका साथै पारिवारिक सम्बन्ध मधुर रहनेछ।

कर्कट

अनावश्यक खर्च र व्यर्थको यात्रा हुनसक्छ। शत्रु बढ्ने र साथीभाइबाट असहयोग हुने जोखिम छ। धार्मिक कार्यमा रुचि बढ्नेछ भने पारिवारिक सम्बन्ध सहज रहनेछ।

सिंह

अग्रजको सल्लाहमा गरिएका काममा सफलता मिल्नेछ। मन मिल्ने साथीसँग भेटघाट हुनुका साथै धार्मिक कार्यमा मन जानेछ। परिवारका गोपनीयता बाहिर नल्याउनुहोला।

कन्या

आज सुरु गरिएका कामले दीर्घकालीन सफलता दिलाउनेछ। राजनीतिमा सफलता मिल्ने भए पनि स्वास्थ्य, शिक्षामा आलस्यता र धर्मप्रति वितृष्णा बढ्न सक्छ।

तुला

कला र प्रतिभा प्रदर्शन गर्ने अवसरका साथै मानसम्मान प्राप्त हुनेछ। राजनीतिक र धार्मिक क्षेत्रमा सफलता मिले पनि शिक्षाको लगानीमा जोखिम छ। पारिवारिक भेटघाट हुनेछ।

वृश्चिक

कामको बोझ थपिनेछ। शिक्षामा गरिएको मिहिनेतले सार्थकता पाउनेछ। नजिकका वा विश्वास गरेका व्यक्तिबाट धोका हुन सक्ने भएकाले सचेत रहनुहोला। पारिवारिक सम्बन्ध सहज रहनेछ।

धनु

अध्ययनमा मन जानेछ भने स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। नयाँ साथीहरूसँगको कुराकानीले मन प्रसन्न रहनेछ। पारिवारिक सम्बन्ध थप सुदृढ बन्नेछ।

मकर

दिन अत्यन्त शुभ छ। आज थालिएका कामबाट दीर्घकालीन लाभ मिल्नेछ। काममा सफलता पाइनुका साथै साझेदारीको व्यापार व्यवसायबाट राम्रो फाइदा हुनेछ।

कुम्भ

बौद्धिक व्यक्तित्वहरूसँग भेटघाट हुनेछ भने आम्दानीका स्रोतहरू बढ्नेछन्। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। बिहान शिव भजन सुन्नाले दिन अझ सहज बन्नेछ।

मीन

सानातिना कुराले मन अशान्त हुन सक्छ। साथीभाइबाट असहयोगको खतरा रहेकाले कम बोल्नु र व्यवहारमा सतर्क रहनु उचित हुनेछ। गणेश भगवानको आराधना गर्नाले शुभ फल मिल्नेछ।

बुधबार १७ भदौ २०८३ ०६:३३ AM मा प्रकाशित

प्रतिक्रिया