×

विदेशबाट महिला ल्याएर ठमेलमा बेश्यावृत्तिमा लगाएको आरोपमा युगाण्डाकी महिला पक्राउ

images

काठमाडौं ।  अफ्रिकी देश युगाण्डाकी महिलालाई बेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको मानव बेचविखन ब्यूरोले युगाण्डाकी नागरिक नतसा भनिने इमाकुलेट नाबासुम्बालाई पक्राउ गरेको हो।

पर्यटक भिसामा नेपाल आएकी नतसाले ठमेलस्थित होटल जोर्नी होममा बसेर आफ्नै देशका नागरिकलाई वेश्यावृत्तिमा लगाएको प्रहरीको दाबी छ।  ब्यूरोका अनुसार नतासाले काठमाडौंको ठमेलस्थित एक होटलमा विदेशी महिलालाई ल्याएर वेश्यावृत्तिमा लगाउने गरेकी थिइन् ।

नेपालमा क्लिनर, वेट्रेस लगायत काममा मासिक ५०० अमेरिकी डलर कमाइ हुने आश्वासन दिएर पीडितलाई नेपालमा ल्याएर नतासाले आफु बसेको होटलमा राख्ने गरेको दाबी गरिएको छ ।

ब्यूरोका अनु्सार नतासाले नेपाली र भारतीय मुलका व्यक्तिहरुसँग शारीरिक सम्बन्धमा लगाउने गरेकी थिइन् । बिरामी भएर स्वदेश फर्कन लागेकी अफ्रिकी महिलाले गरेको उजुरीका आधारमा घटनाबारे थाहा भएको प्रहरीले जनाएको छ।  दैनिक ५/७ जनासँग शारीरिक सम्पर्क गर्न बाध्य पारेपछि बिरामी परेकी उनलाई पछि होटलबाट निकालिएको थियो।

त्यसपछि आफ्नै देश फर्किन खोजेकी थिइन्। २६ फेब्रुअरीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी पीडितको हवाई टिकट समेत रद्द गराइदिएकी थिइन्।  त्यसपछि पीडित ब्यूरोमा पुगेर जाहेरी दिएकी थिइन्। 

पक्राउ परेकी महिला आफैं पनि यौन व्यवसायमा संलग्न रहेको खुलेको छ। उनले युगान्डाबाट अन्य महिलालाई पनि बोलाएर यौन व्यवसायमा लगाउने गरेको अनुसन्धानको क्रममा खुलेको छ। 

बिहीबार १८ फागुन २०७९ ०५:५५ PM मा प्रकाशित

प्रतिक्रिया