×

प्रचण्डसँग असन्तुष्ट नारायणकाजीले भेटे विप्लव

images

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न बुधबार बिहान उनको हात्तिवनस्थित निवास पुगेका छन् । एमसीसीका कारण पार्टीभित्र गहिरो मतभेद राख्दै आएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपामा महासचिव नेत्रविक्रम चन्द्र विप्लवबीच भयको भेटवार्ता लाई चासोको साथ हेरिएको छ । एमसीसीबारे श्रेष्ठ र विप्लवको एकै लाइन रहेको छ । दुवै एमसीसीको विपक्षमा रहेका छन् । 

images

ओलीलाई रावलको जवाफ : मन पोलेको भए आफैँ महा हिरो हुनुस्

नेकपा एमालेका नेता भीम रावलले आफू पार्टी सिद्धान्तअनुरूप नै उभिएको बताएका छन्। प्रतिनिधिसभामा पार्टीले वेल घेराउ गरिरहेका बेला एमसीसीमाथिको छलफलमा भाग लिएको...

श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेका थिए । भेटमा प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्न माओवादी केन्द्रको नेतृत्वले जबरजस्ती गरेको भन्दै राष्ट्रवादको पक्षमा रहेकाहरु एक जुट हुनुपर्ने विषयमा कुराकानी भएको नेताहरूले बताएका छन् । यता एमसीसी अनुमोदनको विषयलाई लिएर नेकपा माओवादी केन्द्रभित्र चर्किएको विवाद अझै सेलाउने छाँट देखिएको छैन ।

एमसीसी अनुमोदनको विपक्षमा उभिएका पार्टीका वरिष्ठ नेता श्रेष्ठलाई फकाउन अध्यक्ष प्रचण्ड मंगलबार हात्तीवनस्थित श्रेष्ठ निवासमा पुगेका थिए । दुई नेताहरूबीच मन माझामाझ नभएपछि प्रचण्डले आज श्रेष्ठसँग पनि छलफल गर्ने भएका छन् ।​ भेटमा प्रचण्डले एमसीसीमा देखिएको मतभेद कायमै राखेर अरु विषयमा मिलेर जान प्रस्ताव गरेका थिए । 

 प्रचण्डले सोमबार आफ्नै निवासमा गरेको पत्रकार सम्मेलनमा नारायणकाजी श्रेष्ठलाई वामदेव गौतमसँग तुलना गर्दै पार्टी छाडेर जान सक्ने सङ्केत गरेपछि श्रेष्ठ चिढिएका छन् । पूर्व एकता केन्द्र समूहका नेतासमेत रहेका श्रेष्ठले पार्टीबाट विद्रोह गर्न सक्ने सङ्केत पाएपछि प्रचण्ड मंगलबार उनलाई भेट्न हात्तीवन गएका हुन् । तर श्रेष्ठले भने आफूहरुले पार्टी विभाजनको बारेमा सोचिनसकेको भए पनि अध्यक्षले नै निस्केर जाने भए जाऔ भनेर सार्वजनिक रुपमै भनेको भन्दै गुनासो गरेका थिए ।

प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णयपछि पूर्व एकता केन्द्र समूहका नेता मात्रै नभएर पूर्वमाओवादीकै नेता कार्यकर्तासमेत प्रचण्डसँग असहमत र रुष्ट बनेका छन् । पूर्वमाओवादी समूहकै कृष्णबहादुर महरा, राम कार्की, लेखनाथ न्यौपाने लगायतका नेताहरूले समेत प्रचण्डको लाइनको विरोध गरेका छन् । यही कारणले गर्दा शुक्रबार सुरु हुने केन्द्रीय कमिटीको बैठकमा घमासान पर्न सक्ने नेताहरू बताउँछन् । बैठकमा एमसीसी विरोधी पक्षले प्रचण्डमाथि प्रेसर गर्ने सम्भावना बढेको छ । 
 

बुधबार १८ फागुन २०७८ १०:४९ AM मा प्रकाशित

प्रतिक्रिया