×

ओलीलाई रावलको जवाफ : मन पोलेको भए आफैँ महा हिरो हुनुस्

images

नेकपा एमालेका नेता भीम रावलले आफू पार्टी सिद्धान्तअनुरूप नै उभिएको बताएका छन्। प्रतिनिधिसभामा पार्टीले वेल घेराउ गरिरहेका बेला एमसीसीमाथिको छलफलमा भाग लिएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले मंगलबार रावलले अनुशासनहीन काम गरेको बताएका थिए ।

images

एमसिसीमा द्वन्द्व सिर्जना गरेर राजनीति नगर्न अध्यक्ष ओलीको आग्रह

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सहयोग मिलीनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्बन्धी सम्झौता संसद्बाट पास भइसकेकाले अब राष्ट्रको हित प्रतिकूल नहुन...

बुधबार सामाजिक सञ्जालमार्फत ओलीको भनाइको जवाफ दिँदै रावलले आफू पार्टीसिद्धान्त अनुरुप उभिएको र संसद्‍को छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त, र नीतिविपरीत भएको बताएका छन् । अध्यक्ष ओलीले मंगलबार पत्रकार सम्मेलनमा रावल 'हिरो' बन्न खोजेको प्रतिक्रिया दिएका थिए। ओलीले सांसद रावललाई कारबाही गर्ने संकेत पनि गरेका थिए।

images

प्रचण्डसँग असन्तुष्ट नारायणकाजीले भेटे विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न बुधबार बिहान उनको हा...

एमसिसीबारे धारणा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले रावल 'हिरो' बन्न खोजेको पनि बताएका थिए। 'भीम रावल पार्टीको धारणा वा पार्टीको काम कारबाहीभन्दा पृथक ढंगले आफूलाई प्रस्तुत गरिरहनु भएको छ। मैले पार्टीको संसदीय दलको बैठकमा पनि भनेको थिएँ। आफूलाई व्यक्तिगत तवरमा हिरो देखाउन खोज्ने त्यस खालका कुरा, काम कारबाही त्यस खालको विचार र कुनै पनि बहानामा चाहे राष्ट्रवादको होस् वा लोकतन्त्रको होस् अरू बहानामा हाम्रो पार्टीले लिएका नीति सही छन्। त्यसका विरूद्ध पृथक देखिएर गरिने क्रियाकलाप अनुशासनभित्र पर्दैनन्,' अध्यक्ष ओलीले भनेका थिए।

'आफूलाई व्यक्तिगत तवरमा हिरो देखाउन खोज्‍ने त्यस खालका कुरा, काम कारबाही र विचार कुनै पनि बहानामा चाहे राष्ट्रवादको होस् वा लोकतन्त्रको होस् अरू बहानामा हाम्रो पार्टीले लिएका नीति सही छन्। त्यसका विरूद्ध पृथक देखिएर गरिने क्रियाकलाप अनुशासनभित्र पर्दैनन्,' ओलीले भनेका थिए।

रावलले ओलीको आक्षेपको एकदिनपछि बुधवार देशको हितमा बोलेर महाहिरो हुन सुझाए। 'राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसदमा बोल्दा मैले हिरो हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर महाहिरो हुनुभएको भए म खुशी नै हुनेथिएँ,' रावलले लेखेका छन्, 'देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया।' उक्त टिप्पणीबारे रावलले जवाफ फर्काउँदै ट्वीट गरेका हुन्।

बुधबार १८ फागुन २०७८ ११:५५ AM मा प्रकाशित

प्रतिक्रिया