काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्बाङ मत माग्नको लागि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगेका छन् ।
यसअघि नेम्वाङले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।
रास्वपाका सभापति लामिछानेसहितका सो दलका नेताहरु भेट्न नेम्वाङ रास्वपाको वसुन्धरास्थित् कार्यालय पुगेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले भेटमा एमाले प्रतिनिधिले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको र आफूहरुले पार्टीको आन्तरिक छलफल पछि निर्णय लिने जानकारी गराएको बताए ।
‘पार्टीले निर्णय गर्न बाँकी छ भनेका छौँ उहाँ एउटा उपयुक्त पात्र हो यसमा कुनै शंका छैन । निर्णय आज नै गर्न सकिँदैन, केन्द्रीय समिति र संसदीय दलको बैठकमा राख्छौँ र त्यहाँ निर्णय हुन्छ ।
पुस १० को सहमतिको हामी साक्षत छौँ, त्यसलाई पनि हामीले मध्यनजर गरेका छौँ’ उनले भने ।
नेम्वाङले आजबाट संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग भेटवार्ता थालेका छन् ।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेल र नेम्वाङको उम्मेदवारी परेको छ ।
प्रतिक्रिया