काठमाडौं । नेपाली कांग्रेसले आज आठ दलीय गठबन्धनका संघीय सांसदहरुलाई अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।
कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यलाई राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम दिउँसो १ बजे तीनकुनेस्थित रोयल ब्याक्वेटमा गर्न लागिएको हो ।
अभिमुखीकरण कार्यक्रम नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूका लागि आयोजना गरिएको हो ।
प्रतिक्रिया