×

विश्वासको मत पर्खंदै कांग्रेससहितको गठबन्धन

images

काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहितका दलहरू सरकारमा जान तयार भए पनि प्रधानमन्त्रीले लिने विश्वासको मतको पखाईमा छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएर प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि मात्रै फागुन १३ मा बनेको कांग्रेससहितको आठ दलीय गठबन्धमा आवद्ध दलहरू सरकारमा जाने बाटो खुल्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भने– ‘फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव सम्पन्न गर्ने र त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिएर मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुन्छ ।’ प्रधानमन्त्रीले विश्वासको मत लिएको दुई÷तीन दिनभित्र सरकार निर्माणको चरण पूरा हुने उनको भनाइ छ ।

गत पुस १० मा पाँच दलीय गठबन्धनका नेताहरूबीच कमजोरी हुँदा नेपाल कम्युनिस्ट पार्टी (एमाले)सहित ७ दलबीच नयाँ गठबन्धन बनेको र त्यो प्राकृतिक नभएकोले फेरि भत्काइएको दाबी गर्दै उनले भने–‘पार्टीको तर्फबाट अहिले नै को–को मन्त्री बन्ने भन्ने विषयमा चर्चा गर्ने बेला भइसकेको छैन । म आफू भने अब मन्त्री बन्दिनँ ।’

फागुन १७ देखि चैत्र ५ गतेसम्मका लागि राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन आचारसंहिता लागु भएसँगै सरकार पुनर्गठनको विषय केही समयका लागि टरेको हो । उक्त निर्वाचन आचारसंहितका हट्नासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने जर्नाएका छन् । नेपाल समाचारपत्र दैनिकबाट

बिहीबार १८ फागुन २०७९ ०८:४७ AM मा प्रकाशित

प्रतिक्रिया