काठमाडौं । आईसीसी यू- १९ विश्वकप छनोट अन्तर्गत अन्तिम खेलमा घरेलु टिम यूएईलाई पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको छ । नेपालले दिएको १९२ रनको सामान्य लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १८४ रन बनाउँदा अलआउट भयो।
नेपालका हेमन्त धामी, दिपेश कँडेल र सुवास भण्डारीले समान २ विकेट लिए। युएईका ओपनर आर्यना सक्सेना र आर्यान्स शर्माले त्यसअघि युएईको अजमानस्थित अर्डेन गार्डेन ओभल स्टेडियममा घरेलु टोली युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा १ सय ९१ रन बनाउँदा अल आउट भयो।
चौथो विकेटका लागि कप्तान देव खनाल र उत्तम रञ्जु थापा मगरले ८४ रनको साझेदार गर्दै नेपालको इनिङ्स उकासेका थिए।
देव ५१ रन बनाउँदा क्याच आउट भए। ८४ बलको सामना गरेका देवले ३ चौका र १ छक्का हाने। उत्तमले ४८ बलमा ४ चौका र १ छक्का हान्दै ३६ रनमा पवेलियन फर्के। विशाल विक्रम केसीले ३८ रन थपे। विशालले ५० बलमा ५ चौका हाने। मिलन बोहोरा १० रनमा रन आउट भए। हेमन्त धामी १३ रनमा क्याच आउट भए। दुवै ओपनरलाई सुरुवातमै गुमाएको नेपाली टोली दबाबमा आएको थियो।
नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको छ। दिपक बोहोरा शून्य र अर्जुन कुमाल ३ रनमा आउट भए। आकाश त्रिपाठी ९ रनमा बोल्ड आउट भए। युएईका धुव परासरले ३ विकेट लिए। आयान अफ्जल खान र हरित हरिस सेट्टीले समान २ विकेट लिए। अर्सित सेट र अम्मर बदामीले एक एक विकेट आफ्नो नाममा गरे।
प्रतिक्रिया