×

साताको अन्तिम कारोबार दिन २२.१२ अंकले घट्यो नेप्से परिसूचक, २ अर्बको कारोबार

images

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक २२.१२ अंकले ओरालो लागेको छ । नेप्से २२.१२ अंकले घटेर २०९४.५४ बिन्दुमा बन्द भएको हाे । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७४ अङ्कले बढेर ३९८.४२ बिन्दुमा पुगेको छ।

बिहीबार बजार परिसूचक नेप्से २२.१२ अंकले गिरावट हुदाँ २०९४.५४ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ भने कारोबार रकम पनि २ अर्बमा सीमीत भएको छ । बिहीबार सबै उपसूचकमा गिरावट हुँदा जीवन बीमा र हाइड्रोपावर उपसूचक २ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । कारोबार रकममा पनि खासै उत्साह नभए पनि बुधबारको भन्दा केही बढेको छ ।

बुधबार १ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहिबार २ अर्ब ९ करोड ६४ लाखको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड बैंकको १० करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा एनआईसी एसिया बैंकको ५ करोड ५० लाख ४० हजार र आईएमई जनरल इन्स्योरेन्सको ४ करोड ९१ लाखको कारोबार भएको छ ।

बिहीबार बजारमा कुल २१६ कम्पनीको सेयर कारोबार हुँदा १९४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १९ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

कारोबार भएकोमध्ये आदर्श लघुवित्तको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा मल्टीपपर्स फाइनान्सको सेयरमूल्य २.९६ प्रतिशत र इमर्जिङ नेपालको सेयर मूल्य २.११ प्रतिशतले वृद्धि भएको छ ।

यता सपोर्ट लघुवित्तको सेयरमूलय सर्वाधिक ५.८० प्रतिशतले गिरावट हुँदा सिद्धार्थ इन्स्योरेन्सको ५.२९ प्रतिशत र रिडी हाइड्रोपावरको सेयरमूल्य ५.१३ प्रतिशतले गिरावट भएको छ ।

बिहीबार १९ माघ २०७९ ०३:४२ PM मा प्रकाशित

प्रतिक्रिया