×

अवैध लागूऔषध सहित ६ जना पक्राउ

images

काठमाडौं । झापा, कञ्चनपुरमा अवैध लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका–२ नयाँ आम्दा खरखरेबाट अवैध लागूऔषध ब्राउनसुगर
जस्तो देखिने पदार्थ १९ ग्राम, मोबाइल ४ थान र नगद ९७ हजार ६ सय रूपैयाँ सहित ३जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका–८शान्ति टोल बस्ने ३७ वर्षीय तेज कुमार खवास, सोही नगरपालिका–२ बस्ने ३५ वर्षीय सुनिल श्रेष्ठ र २२ वर्षीय बिजय धिमाल रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टार ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उक्त स्थानमा प्र.१–०२–०४८ प ६६५७, ज.१२ प ५५५७ नम्बरको मोटरसाइकल र को.२८ प ३१४६ नम्बरको स्कुटर रोकी बसिरहेको उनीहरूलाई शंका लागि जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका–४ सव्जीमण्डीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ८ सय ३१ ग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका–४ बस्ने ४२ वर्षीय लोक बहादुर साउद, सोही नगरपालिका–२ बस्ने २४ वर्षीय डम्मर शाह र सोही नगरपालिका–१८ बस्ने ३० वर्षीया रेखा बडु रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले लोक बहादुर र डम्मर शाहको साथबाट १ किलो ६ सय ६४ ग्रमा तथा रेखाको साथबाट १ सय ६७ ग्राम चरेशजस्तो देखिने पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

बिहीबार १९ माघ २०७९ ०४:५८ PM मा प्रकाशित

प्रतिक्रिया