×

रवि लामिछानेले न्याय पाउनुपर्ने, गृहमन्त्री बनाउनुपर्ने भन्दै जुम्लामा एकजनाले गरे आत्मदाह प्रयास

images

जुम्ला । रवि लामिछानेलाई न्याय दिनु पर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । जुम्ला चन्दनाथ नगरपालिकास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४० वर्षीय सवारी चालक गोकर्ण कार्कीले आत्मदाह गर्ने प्रयास गरेका हुन् ।

कार्कीले रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउनु पर्ने माग गर्दै आत्मदाह प्रयास गरेका हुन् । प्रतिष्ठानमा ड्राइभरका रुपमा कार्यरत कार्कीले आफ्नै शरीरमा आगो लगायउने प्रयास गरेका हुन् ।

भ्रष्टाचारीलाई कारबाही हुनु पर्ने, रवि लामिछानेले न्याय पाउनुपर्ने, गृहमन्त्री बनाउनुपर्ने भन्दै उनले आत्मदाह प्रयास गरेको बुझियको छ । मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्दार गरेको छ ।

बिहीबार १९ माघ २०७९ ०४:०९ PM मा प्रकाशित

प्रतिक्रिया