×

२०७९ पुष १९ गते मङ्गलबार, हेर्नुहोस आजको राशिफल

images

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका आज समय अत्यन्तै खराब छ । मानसिक चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने सम्भावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था रहनेछ । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ । धार्मिक, शैक्षिक क्षेत्रमा लगानी गर्दा राम्रो हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज आत्मवल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने, नया“ कार्य गर्ने अवसर मिल्नेछन् । उच्च मनोवल भएका व्यक्तिसंग सम्पर्क बढ्ने दिन पािन आज रहेको छ । प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आज समय खराव रहनेछ । जे काम गर्दा पनि सफलता मिल्ने छैन । एक्कासी स्वास्थ्यले धोका दिन सक्छ । खानामा गडबडी, असुविधा, कुनै व्यक्तिसँग विवाद पर्ने, आज लाभ कम, हानी नोक्सानी ज्यादा हुनसक्ने देखिएको छ । घर परिवारबाट सहयोगको बदला हानी नोक्सानी नै ज्यादा हुने देखिन्छ । हरेक कार्यमा सतर्क हुनुपर्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज कर्कट राशिका लागि आज पनि राम्रो छ । स्वास्थ्य पनि राम्रै रहनेछ । धार्मिक, सामाजिक काममा लाग्न पाइनेछ, लाग्दा राम्रो हुनेछ । घरमा कुनै धार्मिक कार्यक्रम गरने सम्भावना पनि त्यत्तिकै रहेको छ । मानसिक शान्ति, आरामको अनुभव हुनेछ । विद्यार्थीवर्गलाई भने आज मध्यम रहेको छ । धार्मिक पुस्तक व्यवसाय क्षेत्रमा संलग्न हुनुहुन्छ आज सफल रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज सिंहका लागि आज आम्दानीमा बढोत्तरी हुनेवाला छ । स्वास्थ्य राम्रै रहने छ । नाम चल्ने काममा लगानी गर्ने दिन छ । नँया कार्यको थालनी हुनेछ । मानसिक शान्ति, आरामको अनुभव हुनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आटेका काम सबै पूरा नभए पनि निराशाको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । आज ठूलो लगानी गर्नु उपयुक्त छैन । त्यसकारण तत्काल पेशा परिवर्तन, ठूलो लगानी, कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य राम्रो रहनेछैन । मनमा त्रास, शंका, असन्तोष जस्तो अनुभव भै रहनेछ । उठ्नुपर्ने पैसा नउठ्ने तर खर्चमा अत्यधिक वृद्धिले पनि थप चिन्ता बढ्ने देखिन्छ । पानीबाट विशेष सतर्क हुनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज आफन्त इष्टमित्र, दाजुभाईमा कसैबाट वैमनश्यता, शत्रूता पारिदिने सम्भावना बलियो छ । मन चञ्चल, गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, वैदेशिक रोजगार, नया पेशाको थालनीका लागि पनि आज त्यति राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ । जुनसुकै काम गर्दा सतर्क रहनु आवश्यक छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज पनि समय राम्रै रहनेछ । स्वास्थ्य राम्रो, धेरैजसो समय सुखमय देखिन्छ । सानै प्रयासले पनि महत्वपूर्ण काममा सफलता मिल्नेछ । पुराना काम कार्वाही सम्पादन हुनेछन् । नया“ काम पाउने सम्भावना रहेको छ । जोश, जागर बढ्नुका साथै समयले राम्रो साथ दिने देखिन्छ ।आर्थिक लाभ हासिल हुन सक्ने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ । व्यापार व्यवसाय सोचे जस्तै हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरूको उदय हुनेछ । दाम्पत्य जीवन सुखमय, विद्या, बुद्धिको विकास हुनेछ । आदर–सत्कार पाइनेछ । घरमा पारिवारिक सहयोग राम्रैसग पाइनेछ । नया वस्तु किन्ने अवसर पनि मिल्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आज समय खराब नै रहनेछ । घरमा अनावश्यक कलह मच्चिन सक्ने हुनाले सतर्क रहनु होला । व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, स्वास्थ्य त्यति राम्रो न रहने, कुनै अप्रिय समाचार सुन्नुपर्ने समय पनि चल्दै रहेकाले सबै प्रकारले सतर्क रहनु अति आवश्यक छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज समय खराब रहनेछन् । सरकारी काम बन्ने छैन । अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनुहोला । आफन्तले समेत परिवारमा किचलो थप्न लागिपर्ने सम्भावना  छ । आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला ।

मङ्गलबार १९ पुस २०७९ ०५:४१ AM मा प्रकाशित

प्रतिक्रिया