×

सुनसरी-४ मा झिनो मतान्तरले पछि परे मन्त्री कार्की

images

धरान । सुनसरी क्षेत्र नम्बर-४ मा नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई झिनो मतले पछाडि पारेका छन् । १६ सय मतगणना बाँकी हुँदा उनले २९ हजार ७९४ मत पाएका छन् । 

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार तथा मन्त्री कार्कीले २९ हजार ७१२ मत पाएका छन् । उनीहरूबीच ८२ मतको फरक छ । अब बराह–१० को मत गन्न बाँकी छ । पछिल्लो मतपरिणाम नेपाली कांग्रेसका उम्मेदवार कार्कीलाई एमालेका उम्मेदवार कुसियैतले ८२ मतान्तरले पछि पारेका हुन् ।

बिहीबार १५ मंसिर २०७९ ०८:०३ AM मा प्रकाशित

प्रतिक्रिया