फिफा विश्वकप २०२२ अन्तर्गत आज समूह ‘ई’ र समूह ‘एफ’ का निर्णायक तथा अन्तिम चरणका खेल हुँदैछन्। पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम भिड्दै छन भने सोहि समुहका क्यानडा र मोरक्कोबीच प्रतिस्पर्धा हुँदै छ ।
यो समुहमा क्रोएसिया र मोरक्को ४/४ अंकसहित शीर्ष दुई स्थानमा छन् भने त्यसपछि ३ अंकमा बेल्जियम छ । क्यानडा भने अंकविहीन अवस्थाम रहेको छ । यी खेल नेपाली समय अनुसार राति ८ः४५ बजेदेखि सुरु हुने छन भने समूह ‘एफ’ बाट अन्तिम १६ मा पुग्ने २ देशको टुङ्गो लाग्नेछ ।
समुह ई मा रोचक भिडन्त
त्यसैगरी दोस्रो दुई खेलमा समूह ‘ई’ मा रहेका जापान र स्पेन तथा क्रोस्टारिका र जर्मनीबीच खेल हुँदैछ । यी खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ । यस खेलहरूबाट समूह ‘ई’ बाट अन्तिम १६ मा पुग्ने २ देशको टुङ्गो लाग्नेछ ।
यो समुहमा स्पेन चार अंक सहित शीर्ष स्थानमा छ भने ३÷३ अंकमा जापान र क्रोस्टारिका छन । जर्मनीले भने १ अंक मात्रै पाएको छ । यस अघि जापानले जर्मनीलाई हराएको थियो । अब जापानले ‘कम्प्युटर गेम’ शैलीले खेल्ने स्पेनलाई हराउने हो भने अन्तिम १६ मा प्रवेश पाउने छ ।
प्रतिक्रिया