×

माओवादी–एकीकृत समाजवादी एकता गृहकार्यको चर्चा

images

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बीच एकताका लागि गृहकार्य थाल्ने विषयमा चर्चा शुरू भएको छ । सत्ता समीकरणको जोडघटाउ मिलाउने गरी शक्ति सञ्चयको लागि एकीकृत समाजवादीसँग एकताको प्रक्रिया थल्न सकिने विषयमा चर्चा शुरू भएको हो ।

निर्वाचनको परिणाम हेर्दा प्रत्यक्षमा चौथो नम्बरमा आएको एकीकृत समाजवादीलाई समानुपातिकमा थ्रेसहोल्ड कटाउन मुस्किल परेको छ । राष्ट्रिय पार्टी बन्नका लागि आवश्यक मत नआउँदा नेकपा एकीकृत समाजवादीका १० सांसद स्वतन्त्र हैसियतामा हुने भएकाले उनीहरूलाई पार्टीको ह्विपसमेत लाग्दैन ।

सरकार गठनका लागि यो परिणाम खतरापूर्ण देखिएकाले एकीकृत समाजवादीको थ्रेसहोल्ड कटोस् भन्नेमा सत्ता गठबन्नधका नेताहरूको सहानुभूति छ । यदी थ्रेस होल्ड नकटेको खण्डमा आफ्ना संसदहरूलाई संसदीय मर्यादामा राख्नका लागि पनि पार्टी आवश्यक हुने भएकाले माओवादीसँगको पार्टी एकता हुन सक्ने कुरालाई नेताहरूले नकार्न सकेका छैनन् । नेपाल समाचारपत्र दैनिकबाट

बिहीबार १५ मंसिर २०७९ ०८:३७ AM मा प्रकाशित

प्रतिक्रिया