×

तोसिमा र ‘नो, नट अगेन’का मुद्दा न्यायाधीश चुडालको इजलासमा

images

काठमाडौँ– निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको विरूद्ध डाक्टर तोसिमा कार्कीले दिएको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। न्यायाधीश कुमार चुडालको एकल इजलासमा उक्त रिटको सुनुवाइ हुने भएको हो। फेसबुक पेज र ग्रुप ‘नो, नट अगेन’ माथि प्रतिबन्ध लगाउने निर्वाचन आयोगको निर्णयविरूद्ध परेको रिट पनि उनकै इजलासमा सुनुवाइ हुने भएको छ। 

मेडिकल काउन्सिलको सदस्य भई बैठक भत्ता बुझेकै आधारमा त्यसलाई लाभको पद मान्दै उम्मेदवार हुन अयोग्य हुने निर्वाचन आयोगले निर्णय गरेपछि ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा. तोसिमा कार्की सोमबार रिट लिएर सर्वोच्च अदालत पुगेकी थिइन् । मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको र त्यहाँबाट नियमित तलब तथा भत्ता नबुझेको कारण आफ्नो उम्मेदवारी कायम रहनुपर्ने माग गर्दै तोसिमा अदालत गएकी थिइन् । उनको रिटमाथि अन्तरिम आदेश जारी हुने कि नहुने भन्ने सम्बन्धमा मंगलबार सुनुवाइ हुने छ ।  


उक्त निर्णयविरूद्ध कार्कीले सोमबार सर्वोच्चमा रिट दिएकी थिइन्। त्यसैगरी नो नट अगेन लगायतका फेसबुक पेजमाथि प्रतिबन्ध लगाउने वा पेज बन्द नगरे कारवाही गर्ने निर्वाचन आयोगको चेतावानीविरुद्ध परेको रिट पनि न्यायाधीश डा. कुमार चुडालकै इजलासमा परेको छ । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले दायर गरेको रिटमा पनि मंगलबार सुनुवाइ हुनेछ । उनीहरुले निर्वाचन आयोगको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न र वाक स्वतन्त्रताको रक्षा गर्न परमादेशको माग समेत गरेका छन् ।

 

मङ्गलबार १५ कात्तिक २०७९ १२:०७ PM मा प्रकाशित

प्रतिक्रिया