×

युरो कप -२०२४ -इङल्यान्ड र स्पेन क्वार्टरफाइनलमा प्रवेश

images

काठमाडौं ।  जितको सम्मुखमा पुगिसकेको स्लोभाकियाविरुद्ध पुनरागमन जित निकाल्दै युरो कप -२०२४ मा इङल्यान्ड क्वार्टरफाइनल प्रवेश गरेको छ । २५ औँ मिनेटमा  इभान स्क्रान्जले  स्लोभाकियाका लागि सुरुवाती गोल गरेका थिए । डेविड स्ट्रेलेकको सुन्दर थ्रु-पासलाई नियन्त्रणमा लिँदै स्क्रान्जले  टिमलाई अग्रता दिलाए । स्लोभाकियाले उक्त अग्रता दोस्रो हाफको पनि इन्ज्युरी समयको पाँचौँ मिनेटसम्म कायम राख्यो । कुनै समय अब इङल्यान्ड पराजित हुने देखिएको थियो । तर इन्ज्युरी समयको पाँच मिनेटमा इङलिस टोलीले बलिङ्घनको गोलमार्फत बराबरी गर्न सक्यो र खेल अतिरिक्त समयमा गयो । अतिरित्त समयको खेलमा २–१ ले विजयी भएको हो ।

यसैगरी  युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। जर्मनीको कोल्नमा सोमबार बिहान सम्पन्न खेलमा जर्जियाविरुद्ध ४–१ गोलको पुनरागमन जित हासिल गर्दै स्पेनले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले एक एक गोल गरे।

खेलको १८ औं मिनेटमा ले नोर्मान्डले आफ्नै पोस्टमा गोल गरेपछि स्पेन सुरुआती समयमा एक शून्यले पछि पर्यो। त्यसपछि स्पेनका लागि ३९औं रोड्रीले गोल गरेपछि खेल १–१ गोलको अबस्थामा फर्कियो। पहिलो हाफमा एक एकको बराबरी गरेको स्पेनले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो। दोस्रो हाफको ५१औं मिनेटमा रुइजले स्पेनलाई २–१ गोलको अग्रता दिलाए। ७५औं मिनेटमा विलियम्सको गोलमा स्पेनले ३–१ काे अग्रता बनायाे। ८३औं मिनेटमा मैदान प्रवेश गरेका ओल्मोले गोल गर्दै स्पेनलाई ४–१ को जित दिलाए। जितसँगै स्पेनले अब स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीको सामना गर्नेछ। जर्मनीले डेनमार्कलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।

सोमबार १७ असार २०८१ ०८:१५ AM मा प्रकाशित

प्रतिक्रिया