काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने ६ दलको सर्वदलीय बैठकले सभामुखको निर्वाचन प्रक्रियाबारे सहमति गरेको हो ।
संसद सचिवालयले चैत २० गते मनोनयन दर्ता गर्ने र २२ गतेनिर्वाचन गर्ने कार्यसूची पेश गरेको थियो । दलहरुले यो कार्यसूचीलाई समर्थन गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । सभामुख निर्वाचित भएपछि सोही दिन पदबहाली गर्नेछन् ।
सर्वदलीय बैठकले संसद अधिवेशनको पहिलो दिनको कार्यसूचीपनि पारित गरेको छ । भोलि सुरु हुने संसद अधिवेशनको पहिलो बैठकमा शुभकामना दिने, सभामुख निर्वाचनको कार्यतालिका पेश गर्ने र अघिल्लो सरकारले गरेका अध्यादेश प्रस्तुत गर्ने महामन्त्री बुर्लाकोटीले बताए ।
प्रतिक्रिया