×

प्रिन्स र प्रफुल उपाधीका लागि पुनः भिड्ने

images


काठमाडौं। एपिएफका प्रिन्स दाहाल र ललितपुरका प्रफुल महर्जन पुन एक पटक लि–निङ्ग १३ औं पुष्पलाल स्मृती राष्ट्रिय  र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधीका लागि भिड्ने भएका छन् ।
पुष्पलाल स्मृतीको अघिल्लो संस्करणमा प्रफुललाई पछि पारेका प्रिन्स तेश्रो प्रधानमन्त्री कपमा प्रफुल संग पराजित भएका थिए । त्यस यता ललितपुर जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको दोश्रो मेयर कप र स्पोर्टस् हवद्वारा आयोजना गरिएको प्रथम प्रकास दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा प्रफुललाई पराजित गर्र्दै प्रिन्सले उपाधी जितेका थिए ।
आज भएको शिर्ष ८ पुरुष एकल क्वाटरफाईनल खेलमा प्रिन्सले एपिएफकै देवराज रानालाई २१–७, २–१२ ले पराजित गर्दै फाईनलमा प्रफुल संगको भेट पक्का गरेका हुन् । प्रफुलले नेपाल पुलिस क्लबका सुनिल जोशीलाई २१–१४, २१–१३ ले पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् ।
नेकपा एमालेको भातृसंस्था नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको महिला एकलको प्रतिस्पर्धामा ललितपुरकी रसिला महर्जनले नेपाल पुलिस क्लबकी निता लम्साललाई पराजित गर्दै फाईनल प्रवेश गरिन् । फाईनल प्रवेश गर्ने क्रममा रसिलाले निला माथि २१–१६, २१–१६ को समान अन्तरको जित निकालेकी हुन् । अव रसिलाले उपाधीका लागि भोजपुरकी नङ्गशल तामाङ्ग संग प्रतिस्पर्धा गर्ने छिन् । नङ्गशलले ११ औं र १२ औं संस्करणकी बिजेता आर्मीकी अनुमाया राईलाई २१–१४, २४–२२ को जित निकाल्दै फाईनलमा रसिला संगको भेट पक्का गरेकी हुन् ।
यसैगरि मास्टर्स ४५ बर्ष माथिको युगल प्रतिस्पर्धामा रिभाईभका सुक्र पाख्रिन र भिम बहादुर थापाको जोडी तथा पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थामसुहाङ्गको जोडी उपाधीका लागि भिड्ने भएका छन् । सुक्र र भिमको जोडीले ललितपुरका मधु गुरुङ्ग र प्रकास राईको जोडीलाई १०–२१, २१–१६, २१–१८ ले तथा संजय र अनिलको जोडीले पाँचथरका दीपक आङ्गदम्बे र कुश्माका प्रेम गुरुङ्गको जोडीलाई २२–२०, २१–८ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।
मास्टर्स ५५ बर्ष माथिको प्रतिस्पर्धामा पिस फिटनेश सेन्टरका गणेश राई र कर्ण बहादुर शाहीको जोडीले फिटनेश पार्कका पुर्ण जोशी र उमेश के.सी.को जोडीलाई २१–१९, २६–२४ ले पराजित गर्दै उपाधीका लागि गुल्मीका राम गुरुङ्ग र खगेन्द्र रेग्मीको जोडी संगको भेट पक्का गरेका छन् । गुरुङ्ग र राईको जोडीले ललितपुरका दिल कन्दङ्गवा र एपिएफका प्रेम श्रेष्ठको जोडीलाई २०–२२, २१–१८, २१–७ ले पराजित गर्दै उपाधी निकट पुगेका हुन् ।

शुक्रबार​ १८ फागुन २०८० ०३:२० PM मा प्रकाशित

प्रतिक्रिया