×

ब्याडमिन्टन संघले प्रिन्सलाई बाइकले सम्मान ,खेलाडीहरुका लागि बिमा

images

काठमाडौं। राष्ट्रिय ब्याडमिन्टन संघले आफ्नो पूर्व घोषणा अनुरुप नेपालका नम्बर एक खेलाडी एवं पूर्व बिश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई मोटरसाईकलले सम्मान गर्ने भएको छ ।
१३ औं पुष्पलाल स्मृती  राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको अन्तिम दिन भोली शनिबार प्रिन्सलाई सम्मान गर्न लागिएको हो ।
संघले पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको लगातार तीन संस्करणको बिजेतालाई मोटरसाईकलले सम्मान गर्ने घोषणा अनुरुप यस पटक प्रिन्सलाई सम्मान गर्न लागेको हो । प्रिन्स पुष्पलाल स्मृती ब्याडमिन्टनको १०औं, ११औं र १२ औं संस्करणका बिजेता हुन् ।
यस अघि यो सम्मान बाट रत्नजित तामाङ्ग र नङ्गशलदेबी तामाङ्ग सम्मानित भईसकेका छन् । साथै संघले पहिलो पटक खेलाडीहरुका लागि बिमाको ब्यवस्था गरेको छ ।
संघले लि–निङ्ग १३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ  ब्याडमिन्टन प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका खेलाडीहरुका लागि ५ लाख बराबरको दुर्घटना बिमा गरेको संघका सचिव पुर्णभक्त चित्रकारले जानकारी गराएका छन् ।चित्रकारका अनुसार प्रतियोगिताका दौरान हुने दुर्घटनालाई मध्यनजार राख्दै खेलाडीहरुको दुर्घटना भएको खण्डमा उपचारका लागि खेलाडीहरुले उक्त बिमा उपयोगमा ल्याउन सक्ने छन् । प्रतियोगितामा कुल २७४ खेलाडीहरुको सहभागिता रहेको छ ।

शुक्रबार​ १८ फागुन २०८० ०३:३० PM मा प्रकाशित

प्रतिक्रिया