×

कामना सेवा विकास बैंकका सिइओ पक्राउ

images

काठमाडौं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)लाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर सम्बन्धी मुद्दामा बस्नेतसहित चार जनालाई पक्राउ गरिएको झापाका एसपी दुर्गाराज रेग्मीले बताए । 

पक्राउ पर्नेमा बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र बीरेन्द्र सिंह भण्डारी छन् । उनिहरुबारे इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको एसपी रेग्मीले जानकारी दिए । सो बैंकको मुख्य कार्यालय दमकमा छ । पक्राउ परेकाहरुमाथि बैंकिङ कसूर सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए ।

उनीहरूले बैंकबाट ऋण दिँदा थोरै धितो राखेको र राखेको धितो पनि भए/नभएको नखुलेपछि अनुसन्धान अघि बढेको थियो । ऋणीले जग्गा र उनीहरूले गरेको व्यवसाय नै धितोको रूपमा राखेका थिए । स्रोतका अनुसार विभिन्न फर्जी कम्पनीहरु खडा गरेर त्यसका नाममा ऋण दिइएको थियो ।

यसबारे कामना सेवा विकास बैंकले पहिले आन्तरिक अनुसन्धान गरेको थियो । त्यसक्रममा समस्या देखिएपछि राष्ट्र बैंकसँग अनुसन्धानका लागि पत्राचार गरेको थियो । बैंकले गरेको अनुसन्धानमा पनि समस्या देखिएपछि अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई भनेको थियो । 

बुधबार १८ माघ २०७९ ०८:१५ PM मा प्रकाशित

प्रतिक्रिया