×

आज हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना

images

काठमाडौं- देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । तराईका धेरै क्षेत्रमा हुस्सु लागेको छ भने काठमाडौं उपत्यकाको आकाश पनि धुम्म छ । 

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ भने प्रदेश १, गण्डकी  र कर्णाली प्रदेशका हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपात हुनसक्ने देखिएको छ । 


सोमबार प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकी  र कर्णाली प्रदेशका हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।

आइतबार​ १७ पुस २०७९ ०९:३१ AM मा प्रकाशित

प्रतिक्रिया