×

ज्योतिष रुद्रनाथ अधिकारी पक्राउ

images

काठमाडौं । वन्यजन्तुको अखेटोपहरा कारोवारका संलग्न रहेको आरोपमा चर्चित ज्योतिष रुद्रनाथ अधिकारी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौले ज्योतिष अधिकारीलाई पक्राउ गरेको हो ।

आइतबार दिउसो काठमाडौंबाट पक्राउ गरी डिभिजन वन कार्यालय काठमाडौं बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए ।

‘उहाँलाई दुर्लभ वन्यजन्तुको अखेटोपहरा कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ गरी अनुसन्धानका लागि डिभिजन वन कार्यालय पठाइएको छ’, एसपी कोइरालाले भने ।

उनका अनुसार डिभिजन वन कार्यालय काठमाडौंको आग्रहपछि उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले गत २७ कात्तिकमै पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले गत २१ कात्तिकमा ठमेलस्थित पद्मा संग्रौलाले सञ्चालन गरेको होटल ‘हेल्लो हाउस’बाट दुर्लभ वन्यजन्तुको अखेटोपहरा बरामद गरेपछि त्यसको कारोबारमा उनी संलग्न भएको खुलेको थियो ।

उनी विभिन्न सञ्चार माध्यममा ज्योतिष विद्यामार्फत सर्वसाधरणको भाग्य र भविष्य बताउने गर्थे ।

आइतबार​ १७ पुस २०७९ ०९:३२ PM मा प्रकाशित

प्रतिक्रिया