×

खुल्लामन्चको डिपिआर खारेज गर्न ज्ञापन पत्र बुझाउदै अकुपाइ टुँडिखेल अभियान

images

काठमाडौं । अकुपाइ टुँडिखेल अभियानद्वारा प्राकृतिक, राजनैतिक, धार्मिक, सांस्कृतिक, सामाजिक, ऐतिहासिक रुपमा महत्वपूर्ण तथा बिपद पर्दा नागरिकको प्रत्यक्ष आश्रय स्थल, जनताको भावनात्मक सम्बन्ध बोकेको सार्वजनिक अमुल्य सम्पती टुँडिखेल को खुल्लामन्चमा महानगरले अन्य बिकल्प रहँदा रहँदै पनि तिन तल्ला अण्डरग्राउण्ड पार्किङ्ग भवन बनाउने योजना सहित डिपिआरको कार्य अघि बढाउन लागिपरेकोले उक्त कार्य अबिलम्ब खारेज गर्न भोली सोमबार ज्ञापन पत्र बुझाउने बताएको छ।

प्राचीन हिटि प्रणाली संग जोडिएको खुल्लामन्चको प्राकृतिक रिचार्ज सिस्टम र अन्य नेगेटीभ वातावरणीय प्रभाव पनि पर्ने भएकोले खुल्लामन्चमा अण्डरग्राउण्ड पार्किङ्गको सोच नै ग़लत रहेको बताउदै महानगर प्रमुख तथा उपप्रमुखलाइ भोलि सोमबार १०:४५ बजे भेटी सार्बजनिक स्थान दोहन गरि ठेक्का दिन अग्रसर नहुन महानगरलाइ सचेत गराउने अभियन्ता गणपती लाल श्रेष्ठले बताए।  । उहाले भोली  महानगरको केन्द्रीय कार्यलय बाघदरबारमा   उपस्थिति हुनको लागि सबैलाई अनुरोध गरेका छन।  

आइतबार​ १७ पुस २०७९ ०२:०७ PM मा प्रकाशित

प्रतिक्रिया