×

ईपीएसमार्फत कोरिया जाने कामदारको भिसा शुल्क बढ्यो

images

काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारको भिसा शुल्क केही बढेको छ । नेपालस्थित कोरियन राजदुतावासले यही १ जनवरी २०२३ देखि लागू हुनेगरी भिसा शुल्कमा केही वृद्धि भएको जनाएको छ ।

अहिलेसम्म दूतावासले ७ हजार २०० रूपैयाँ भिसा शुल्क दिने गरेको छ । अबदेखि यस्तो भिसा शुल्कमा ६०० रूपैयाँ वृद्धि गरी प्रतिकामदार ७ हजार ८०० पुर्‍याएको हो ।

दूतावासका अनुसार भिसा जारी गर्नुअघि आवश्यक पर्ने प्रक्रिया पूरा गर्न (सीसीभीआई) का लागि स्वयं व्यक्ति नै ईपीएस कार्यालयमा उपस्थित भई सीसीभीआई फाराम बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

अबदेखि यस्तो फारम भर्ने व्यक्तिले भिसा शुल्कबापत ७ हजार ८०० रूपैयाँ बुझाउनुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।आजको राजधानी दैनिकबाट

आइतबार​ १७ पुस २०७९ ०९:१६ AM मा प्रकाशित

प्रतिक्रिया