काठमाण्डौमा जारी योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ को एकल तर्फको उपाधी पुरुष एकल तर्फ सूर्यक्ष रावत र महिला तर्फ पारुल चौधरीले हात पारेका छन् ।
भारतिय खेलाडीहरुको दवदवा रहेको प्रतियोगिताको पुरुष एकल तर्फ सूर्यक्षले अंश नेगीलाई २१–१७, २१–१८ ले पराजित गर्दै उपाधी उचालेका हुन् । यस्तै महिला तर्फ चौधरीले मेधावी नागरलाई २१–१७, २१–१६ ले पराजित गर्दै उपाधीमा आफ्नो नाम लेखाएकी हुन् । पुरुष तर्फ साई प्रसाद तिगला र बिश्वजित चौधरी तथा महिला तर्फ ईशिता नेगी र दिया भिमैया संयुक्त कास्य पदकमा सिमित भए ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला युगल तर्फको उपाधी आन्या बिष्ट र एन्जल पुनेराले हात पारे । उक्त जोडीले दिया भिमैया र बरुणी पर्सवाललाई २१–१४, २१–१८ ले पराजित गरेका हुन् । तेश्रो स्थानमा ईशिता नेगी र भान्सिका ठाकुर तथा जेनिथ अब्बिगिल र तारिनी सुरीको जोडी रहे ।
पुरुष युगल तर्फ भाब्य छाबरा र परम चौधरीको जोडीले जित हात पार्दै उपाधी जिते । छाबरा र चौधरीको जोडीले दिभ्यांस अग्रवाल र निरज केशरीको जोडीलाई २१–१७, २१–१५ ले पराजित गरेका हुन् । तेश्रो स्थानमा दभ्यांश रावत र योगांश सिंहको जोडी तथा सी. लालरामसंग र सौरभ साहुको जोडी रहे ।
मिक्स युगल तर्फ भाब्या छावरा र एन्जल पुनेराको जोडीले गर्भ सानी र ईशिता नेगीको जोडीलाई २१–१३, २१–१४ ले पराजित गर्दै उपाधीमा आफ्नो नाम लेखाए । तेश्रो स्थानमा सौरभ साहु र प्रगती परिदा तथा बिजोन जैसन र आन्या बिष्टको जोडी रहे ।
बिजयी खेलाडीहरुले मेडल तथा प्रमाण पत्र प्राप्त गरे । पाँचवटै विधाको सेमिफाईनलमा भारतिय खेलाडीहरुको मात्र प्रतिस्पर्धा रहेको थियो ।
तीन दिने प्रतियोगितामा सहभागी ९९ खेलाडी मध्ये भारतका ६०, नेपालका १६, थाईल्याण्डका १०, युएइका ४, इरानका ३, न्युजिल्याण्डका २ तथा मलेसिया, अष्ट्रेलिया, बंगलादेश र इन्डोनेसियाका १÷१ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया