काठमाडौं । लगातारको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जलमग्न बनेपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजका खेलहरू नहुने सम्भावना बढेको छ।
शनिबार दुई खेल हुने तालिका रहे पनि बिहानैदेखि वर्षा नरोकिएको र मैदान तथा प्यारापिटमा पानी जमेकाले खेल सञ्चालन हुने सम्भावना न्यून देखिएको छ । वर्षाबाट मैदानलाई जोगाउन अहिले त्रिवि क्रिकेट मैदानलाई त्रिपालले ढाकिएको छ । वर्षा नरोकिए निर्धारित खेल सञ्चालनमा कठिनाइ हुने देखिएको छ ।












प्रतिक्रिया