×

भोटेकोशी बाढी अपडेट: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै बेपत्ता

images

 काठमाडौँ, १५ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ९०३ पुगेको छ। सुरक्षा निकाय र स्थानीय टोलीको निरन्तर खोजी तथा उद्धारका क्रममा हालसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।  

बाढीमा परि अझै ४ हजार २४७ जना सम्पर्कविहीन रहेका छन्। त्यस्तै, २६७ जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।  

प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी राहत वितरणको कार्य तीव्र पारिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले बेपत्ता भएकाहरूको खोजी कार्य निरन्तर जारी राखेका छन्।  

सोमबार १५ भदौ २०८३ १०:४१ AM मा प्रकाशित

प्रतिक्रिया