काठमाडौं । टिकटकमा तुलसा अधिकारी नामले चिनिने तुलसी अधिकारीलाई अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा थाइल्यान्डबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार उनलाई शनिबार राति नेपाल ल्याइएको हो। उनीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ (ब्ल्याकमेलिङ) र ठगी मुद्दा दायर भइसकेको छ।
उनीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भैसकेको छ । अधिकारीलाई थुनछेक प्रयोजनको लागि अदालतमा उपस्थित गराइने भएको छ । इन्टरपोलबाट रेड नोटिस जारी भएकी अधिकारीलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा पक्राउ गरेको हो ।
उनीविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरेर सरकारी वकिल कार्यालयले मुद्दा दायर भएको थियो । अधिकारीविरुद्ध ललितपुरका एकजना व्यवसायीले जाहेरी दिएका थिए । मुद्दामा अधिकारी सहित १० जना प्रतिवादी छन् ।
तुल्सा कलेक्सन प्रालिकी सञ्चालक अधिकारीले व्यवसायीलाई बलात्कार मुद्दामा फसाउँछु भनेर लगातार ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको आरोप लगाएका छन् । ब्ल्याकमेलिङ गरेर अधिकारीले आफूसँग ४ करोड ५० लाख बराबरको नगद र जिन्सी लिएको व्यवसायीले दाबी गरेका छन् ।
पक्राउ परेकी अधिकारीलाई थुनछेक बहस र आवश्यक कानुनी प्रक्रियाका लागि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।
प्रतिक्रिया