नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले एमालेको अर्थ तथा योजना विभागमा उल्लेखित नाम एम अधिकारी आफूले भेट्टाएको दाबी गर्नुभएकाे छ ।
आज शुक्रवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै उहाँले एम अधिकार पैसामा अधिकार भएको मान्छे भएको र त्याे मान्छे नेपाल राष्ट्र बैंकको गभर्नर रहेको दाबी गर्नुभयाे । उहाँले नेपाल राष्ट्र बैंकको
गभर्नरलाई कारबाही गर्न माग पनि गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संसदमा सशक्तका साथ आवाज उठिसकेपछि एम अधिकारी त खोज्नुपर्याे । एउटा सांसदको नाताले एम अधिकारी खाेज्न म रात, दिन लागेँ । मैले प्रमाण पनि भेट्टाएँ । एम भनेको मनी रहेछ, मनी भनेको पैसा । ढुकुटी, रुपैयाँ । अधिकारी भनेको अधिकार भएको मान्छे । पैसाको अधिकार भएको मान्छे । अथवा ढुकुटीमा अधिकार भएको मान्छे त गभर्नर रहेछन् । गभर्नरलाई पैसाको अधिकार भएको मान्छे अथवा एम अधिकारी भन्दो रहेछ । अधिकारी भन्ने मान्छे मैले खोजेर सभामुखसमक्ष बुझाएको छु । उहाँमाथि कारबाही होस् ।’
प्रतिक्रिया