×

डा. भट्टको राजीनामा स्वीकृत गर्न कामु गभर्नर तिम्सिनालाई अर्थमन्त्रीको निर्देशन

images

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कायममुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनालाई निर्देशन दिएका छन् ।

केन्द्रीय बैंकका गभर्नरको कार्यकाल सकिएपछि डा. भट्टले राजीनामा दिएका थिए । र, उनको राजीनामा स्वीकृत भएको भने थिएन ।

गभर्नरमा दुई राजीनितिक दलको सहमति जुटेको भनेर डा. भट्टले ग्रिन सिग्लन पाएपछि राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत नहुँदा गभर्नर नियुक्तिमा हलचल आएको थियो ।

राजीनामा स्वीकृति नहुनुपछाडि शंका उपशंकाहरु आएका थिए । एमालले नै किचलो झिकेकोसम्म चर्चा भएको थियो । अहिले भने एमालेका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री पौडेलले राजीनामा स्वीकृत गर्न गभर्नरलाई निर्देशन दिएका हुन् । स्रोतका अनुसार आइतबार ५ बजेपछि अर्थ मन्त्रालय बोलाएर अर्थ मन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

सोमबार १५ बैशाख २०८२ ०९:२७ AM मा प्रकाशित

प्रतिक्रिया