×

माटो पुर्ने तथा घाट निर्माण गर्ने कार्यमा भ्रष्टाचार, निर्माण कम्पनि र १० कर्मचारीविरुद्ध मुद्धा दायर

images

काठमाडौँ । अख्तियार दुरुपयो अनुसन्धान आयोगले धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसमेत १० जना र ईन्फ्रास्ट्रक्चर एस एण्ड बि विल्डर्सविरुद्ध मुद्धा दायर गरेको छ ।

अख्तियारले नगरपालिकाको लग्मा बजारस्थित पोखरीको माटो पुर्ने तथा घाट निर्माण गर्ने कार्यमा २९ लाख ४४ हजार १३७ अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

मुद्धा दायर गरिएकोमा कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइत, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र कुमार सढान, लेखापाल संजिव कुमार महतो र जिन्सी शाखा प्रमुख जुगल किशोर यादव, नगरपालिका धनुषाका तत्कालीन कार्यपालिका सदस्यहरु धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम र समसुल मिया मोमिन रहेका छन् । त्यस्तै ईन्फ्रास्ट्रक्चर एस एण्ड बि विल्डर्स र कम्पनीका अध्यक्ष सन्तोष कुमार यादव समेत रहेको अख्तियारले जानकारी दिएको छ ।

अख्तियारले सबैविरुद्ध २९ लाख ४४ हजार १३७ बराबरको बिगो दाबि गर्दै कानुन अनुसार सजायको माग गर्दै मुद्धा दायर गरेको छ ।

बिहीबार १२ मंसिर २०८२ ०७:४७ PM मा प्रकाशित

प्रतिक्रिया