×

विशेष मौसम बुलेटिन: यस्तो छ पर्सिसम्मको मौसम पूर्वानुमान

images

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिन जारी गर्दै आज रातिदेखि पर्सि बिहानसम्मको मौसम पूर्वानुमान बारे जानकारी दिएको छ ।

विभागले आजरातीदेखि पर्सि बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । साथै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको जनाएको छ ।

त्यस्तै सम्भावित हिमपात-वर्षाको कारणले दैनिक जन-जीवन, पर्वतारोहण लगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउन सबै सरोकारवालाहरूमा अनुरोध गरेको छ ।

सोमबार ११ कात्तिक २०८२ ०२:०१ PM मा प्रकाशित

प्रतिक्रिया