काठमाडौँ । फिल्म 'जारी २ : सङ अफ च्याब्रुङ’ ट्रेलर सार्बजनिक गरिएको छ । जेनजी आन्दोलन र अन्य कारणले प्रदर्शन मिति सारेर कार्तिक २१ गते प्रदर्शनमा आउन लागेको जारी-२ को ट्रेलर सोमबार सार्बजनिक गरिएको छ ।
सार्बजनिक ट्रेलरमा जारी प्रथा र लिम्बु समुदायको संस्कृतिको सेरोफेरोमा सिनेमा बनेको बुझ्न सकिन्छ ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका निर्माताहरू सफल निर्देशक रामबाबु गुरुङ र मधु मिजार, जीवन गुरुङ हुन्। सिनेमामा दयाहाङ, मिरुना, विजय, बुद्धिसहित ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ । कवि सुब्बाको डेव्यु निर्देशकीय फिल्म जारी २०८० सालको सुपरहिट फिल्म हो । जारीले नेपाली बक्स अफिसमा १७ करोडभन्दा बढी कमाई गरेको थियो ।
ट्रेलरको लिंक: https://youtu.be/qa7tHd560cE
प्रतिक्रिया