×

सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय निर्धारण

images


काठमाडौँ, १० भदौ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय निर्धारण गरिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार पाँच सय ५० तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार नौ सय १४ डलर आसपास कारोबार भइरहेको छ । 

आइतबार​ १० भदौ २०८० १२:१६ PM मा प्रकाशित

प्रतिक्रिया