×

काठमाडौं आइपुगे चिनियाँ अर्बपति ज्याक मा

images

काठमाडौं । विश्वका धनाढ्यमध्येका एक तथा अलिबाबाका सहसंस्थापक ज्याक मा नेपाल आएका छन्। मंगलबार दिउँसो ज्याक मा चीनबाट काठमाडौं अवतरण गरेका हुन्। उनीसँगै सात अन्य चिनियाँ नागरिक पनि चार्टर्ड जहाज मार्फत नेपाल आइपुगेका हुन्।

ज्याक मा बंग्लादेशकाे ढाका हुँदै नेपाल आएका थिए। बोइङ ७३७ म्याक्स विमान २ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे हाे । ज्याक माकाे प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम रहेकाे छ ।

मा यून वास्तविक नाम रहेका ज्याक मा चीनका पाँचाै धनी व्यक्ति हुन्। यसैगरी, उनी विश्वका धनी व्यक्तिहरूकाे सूचीमा ६३ स्थानमा रहेका छन् । सेप्टेम्बर १०, १९६४ मा झेजियांग प्रान्तको हांग्जोमा जन्मिएका ज्याक माकाे नेट वर्थ २३.८ बिलियन डलर रहेकाे छ ।

चीनको एक गरिब परिवारमा जन्मेका ज्याक माले अंग्रेजी शिक्षकको रुपमा आफ्नो करियरको सुरुवात गरेका थिए । त्यसअघि उनलाई ३० रोजगारदाताले अस्विकार गरेका थिए जसमध्ये एक केएफसी पनि थियो ।

कम्प्युटिङको कुनै पृष्ठभूमि नहुँदा समेत ज्याक माले दुई दशकअघि आफ्नै अपार्टमेन्टमा अलिबाबालाई जन्माए । यसका लागि ज्याक माले आफ्ना केही साथीहरुलाई आफ्नो अनलाइन मार्केटप्लेसमा लगानी गर्नका लागि मनाए । उनी अलिबाबा समूहका संथापक तथा कार्यकारी अध्यक्ष हुन्। उनी विश्वचर्चित पत्रिका फोर्ब्सको आवरण कथा छापिने पहिलो चिनियाँ उद्यमी पनि हुन्।

 

मङ्गलबार १२ असार २०८० ०४:५२ PM मा प्रकाशित

प्रतिक्रिया