×

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेशन उडान सम्पन्न

images

भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सम्पन्न भएको छ । 

योसँगै उडानसँग सम्बन्धित सम्पूर्ण प्राविधिक काम पनि सम्पन्न भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिनुभयो । एरो थाईको जहाजले क्यालिब्रेशन उडान गरेको हो । यो उडानको प्रतिवेदन  अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) लाई पठाएपछि आइकाओले स्वीकृति दिएपछि व्यावसायिक उडान हुन्छ । आगामी वैशाख १ गतेदेखि अन्तर्राष्ट्रिय परीक्षण उडान, जेठ २ गते बुद्धपूर्णिमादेखि व्यावसायिक उडान सुरु गरिने महानिर्देशक अधिकारीले जानकारी दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले छिटोभन्दा छिटो व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने निर्देशन दिनुभयो । 

आइतबार​ १५ फागुन २०७८ ०८:११ PM मा प्रकाशित

प्रतिक्रिया