फलेन्द्र मगर / दुबई -डिसेम्बर-२७ युएई अधिराज्य भरि छरिएर रहेका मगर हरु आआफ्नो थातथलो मा रहेर विभिन्न नाम र उपनामले संगठित हुदै आफ्नो मौलिक विविधता भाषा, संस्कार रितिरिवाज र परम्परा लाई संरक्षण र प्रवर्धन गर्ने उद्देश्य ले स्थापित नेपाल लाङ्घाली मगर संघ र मगर समाज पोखरा लगायत अन्य नाउँ गरेका र विभिन्न नाउँले स्थापित क्षेत्रीय, उपक्षेत्रीय, जिल्ला , गाउँ कमिटि हरु लाई मर्च गरि एउटै नाउँ राखी नेपाल मगर संघ को नामाकरण भएको दिन लाई हरेक वर्ष फाल्गुन १५ गते राष्ट्रीय मगर दिवस को नाउँले मनाउने गरिन्छ।
पछिल्लो केहि वर्ष यता नेपाल सरकारले लखन थापा मगरलाई प्रथम सहिद घोषणा गरेको वर्षदेखि प्रथम सहिद लखन थापा मगर १४८ औं स्मृति दिवसको नाउँले पनि मनाउने गरिआएको छ।
यसै अवसरमा युएईमा पनि नेपाल मगर संघ शाखा, युएईले राष्ट्रीय मगर दिवस यहिं आउदो मार्च-२ गते पि एन्ड डि गाउँवेशी रेष्टुरेन्ट को सभा हलमा दिउँसो १:०० बजे मनाउन लागेको जानकारी कार्यक्रम संयोजक विष्णु राना मगरले जानकारी दिए।
रानाले कार्यक्रम को अन्तिम तयारी पुरा भैसकेको र कार्यक्रम लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न विविध मनोरञ्जक सांस्कृतिक कार्यक्रमको समेत आयोजना रहेको र युएईमा रहेका सम्पुर्ण मगर दाजुभाई तथा दिदिबहिनि हरु लाई उपस्थिति का लागी आव्हान समेत गरेको गरेका छन।
प्रतिक्रिया