बढ्यो सुनको मूल्य

    images

    काठमाडौं ।  आज बिहीबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर रहेको छ। हिजो बुधबारको तुलनामा आज सुन तोलामा ६ सय रुपैयाँ बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    महासंघका अनुसार आज सुन तोलाको एक लाख ५० हजार तीन सय रुपैयाँ कायम भएको छ। बुधबार सुन तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ थियो। यस्तै आज चाँदीको मूल्य भने तोलाको एक हजार आठ सय रुपैयाँ कायम भएको छ। हिजो बुधबार पनि चाँदीको मूल्य यही नै थियो।

    बिहीबार ११ पुस २०८१ ११:५० AM मा प्रकाशित

    प्रतिक्रिया