×

फिल्म 'जेरी अन टप' ले १० दिनमा कति कमायो ?

images

काठमाडौं । फिल्म ‘जेरी अन टप’ ले १० दिनमा विश्वभर १२ करोड भन्दा बढी ग्रस कमाई गरेको छ । निर्माण पक्षले फिल्मले घरेलु र बाहिर गरि १२ करोड ग्रस कमाइ गरको जानकारी दिएको हो ।   

फिल्म घरेलु बक्स अफिसमा पनि दोस्रो सातामा पनि हाउस फुलका साथ चलिरहेको छ । घरेलु बक्स अफिसमा फिल्मले पहिलो सातामा ५ करोड ग्रस कमाई गरेको थियो । दोस्रो सातामा अन्य फिल्म रिलिज भएपनि जेरी अन टप रोकिने संकेत देखिएको छैन । फिल्मलाई दर्शकले राम्रो साथ दिएका छन् । फिल्म बारे वर्ड अफ माउथ प्रचार पनि राम्रो रहेकाले दर्शक हालमा जानेक्रम बढिरहेको देखिएको छ ।

सुयोग गुरुङको निर्देशन रहेको ‘जेरी अन टप’मा अनमोलसँगै आँचल शर्मा, जसीता गुरुङ, सुरक्षा पन्त, केदार घिमिरे (माग्नेबुढा), भुवन केसी, उषा खड्गीको अभिनय रहेको छ । 

हेमराज बिसीको कथा रहेको यस फिल्ममा कालिप्रसाद बास्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत रहेको छ भने सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित सिनेमाको पटकथा तथा संवाद लेखन विश्वास तिम्सिनाको छ ।  अनन्या फिल्मसको ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी रहेको छ ।

आइतबार​ १० कात्तिक २०८२ ०८:२९ PM मा प्रकाशित

प्रतिक्रिया