ललितपुर । हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी प्रदोष व्रतका दिन दान धर्म गर्दै पञ्चदान पर्व मनाइएको छ ।
आफू मात्र लिने नभई अरूलाई पनि दिने प्रवृत्तिको उदाहरणका रूपमा यो पर्वलाई लिने गरिन्छ । नेवार समुदायअन्तर्गत बौद्ध धर्मावलम्बी यो पर्व मनाउने गर्छन् । बज्र्राचार्य तथा शाक्यलाई चामल, धान, गहुँ, सानो केराउ, नुन, रोटी आदि दान गरी यो पर्व मनाइने चलन छ ।
यसरी दान गर्दा बहाबही अथवा घरका आँगनमा दीपंकर बुद्धका मूर्ति, देवदेवी तथा पौभा चित्र सजाएर पञ्चदान गर्ने परम्परा छ । काठमाडौंसहित भक्तपुर, साँखु, बुंगमतीलगायत स्थानमा दीपंकर बुद्धको मूर्ति अगाडि राखेर शाक्य, बज्राचार्य समुदायले बिहीबार पञ्चदान पर्व मनाएका छन् ।
प्रतिक्रिया