काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।
आज बिहान सुदूपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य बदली भएको छ भने बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ ।
आज राति भने देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइ बागमती प्रदेश, गण्डकी, लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया