×

शेयर बजार आज पनि घट्याे, २ हजार २२ विन्दुमा झर्‍याे

images

शेयर बजार आज शुक्रवार पनि घटेको छ । हिजो बिहीवार १८ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ९३ अङ्कले घटेर दुई हजार २२ दशमलव ६२ अङ्कमा झरेको छ ।

आज जीवन बीमा समूहको शेयर २९ अङ्कले बढे पनि अरू सबै समूहको शेयर घटेको छ । दुई सय १३ वटा कम्पनीको ३५ लाख ८८ हजार कित्ता शेयर एक अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ६ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

नेप्से घटेकाे दिन पञ्चकन्या माई हाइड्रोपावरको शेयर सबैभन्दा धेरै झन्डै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि लाइफ इन्सुरेन्स कर्पाेरेशनको शेयर भने झन्डै ६ प्रतिशतले बढेको छ । 

शुक्रबार​ १० भदौ २०७९ ०४:१२ PM मा प्रकाशित

प्रतिक्रिया