काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को पछिल्लो वरीयतामा नेपाल यथावत् रहेको छ । फिफाले सार्वजनिक नयाँ वरीयता अनुसार नेपाल अघिल्लो महिना जस्तै १ सय ७६औँ स्थानमा यथावत् रहेको हो ।
नेपालले पछिल्लो पटक गएको जुनमा कुवेतमा एसियन कप छनोट खेलेको थियो । नेपालले अर्को महिना घरेलु मैदानमा बङ्लादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ ।
१ सय ४औँ स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शीर्ष स्थानमा कायमै छ । त्यस्तै १ सय ५६औँ स्थानमा रहेको माल्दिभ्स दोस्रो र १ सय ८६औँ स्थानमा रहेको भुटान चौथो स्थानमा छ । क्रमशः बङ्लादेश पाँचौँ, पाकिस्तान छैटौँ र श्रीलङ्का सातौँ स्थानमा छन् ।
प्रतिक्रिया